नियम ५०
तामेलीमा राख्ने
ऐनको दफा ८ को उपदफा (१) अन्तर्गत निवेदन गर्ने निवेदकले तारिख गुजारी बसेमा कानून बमोजिम थाम्न पाउने अवधि गुज्रेपछि त्यस्तो निवेदन तामेलीमा राखिनेछ।

तर नेपालको संविधानको धारा १४४ को उपधारा (१) अन्तर्गत सार्वजनिक हक वा सरोकारको प्रश्न समावेश भएको कुनै विवादमा निवेदक तारिखमा नरहे पनि कानुनबमोजिम कारबाही गर्न सकिनेछ।